ओली पक्षको दलको बैठकमा माधव निकट सांसदहरू - Himal Post Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

ओली पक्षको दलको बैठकमा माधव निकट सांसदहरू



काठमाडौं- नेकपा एमाले विभाजन हुने पक्का भएपछि सांसद र नेताहरूको दौडधुप नै चलेको छ। विभाजनका अन्तिम प्रक्रिया चलिरहेका बेला यताका सांसद उता र उताका सांसद यता गरिरहेका छन ।

एमालेले संसदीय दलको बैठक डाकेपछि नेपाल समुहका केहि सांसद त्यहाँ पुगेका छन्। संसद भवनमा बोलाइएको संसदीय दलको बैठकमा सहभागी हुन माधव नेपाल पक्षका सांसदहरु परशुराम मेघी गुरुङ, ठगेन्द्र प्रकाश पुरी, सिंहबहादुर तामाङलगायत ल्होत्से हलमा पुगेका छन् ।

यसअघि उपस्थित नहुने सांसदहरू पनि आजको बैठकमा उपस्थित भएका छन् । वामदेव गौतम र बेदुराम भुसालबाहेक माधव पक्षका पनि सबै सांसद दलको बैठकमा सहभागी हुने बताइएको छ ।