पार्टी फुटाउने बैठकमा घनश्याम भुसाल - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

पार्टी फुटाउने बैठकमा घनश्याम भुसाल



काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले दल विभाजन गर्न बोलेको बैठकमा एमाले नेता घनश्याम भुसाल पनि पुगेका छन् । वरिष्ठ नेता नेपालपक्षका सांसदहरुको बैठक अर्याल होटलमा जारी रहँदा भुसाल त्यहाँ पुगेका थिए ।

मंगलबार नै सिंहदरबारमा नेपाल पक्षका सांसद् र केन्द्रीय सदस्यहरुको भेला भएको थियो। भेलमा नेता नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओली नसुध्रिने स्पष्ट भइसकेको बताएका थिए। उनको अभिव्यक्ति ओलीप्रति आक्रोशपूर्ण रहेको सहभागी एक नेताले बताए।

नेपालले पार्टी विभाजन गर्ने भनेर स्पष्ट रुपमा नभनेको भए पनि त्यस्तो अवस्था आउन सक्ने बताएका थिए।आजै दल विभाजनका लागि खुकुलो प्रावधान सहितको अध्यादेश सरकारले जारी गरेको छ ।