ओली समुहका नवराज सिलवाल पनि नेपाल समुहमा - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

ओली समुहका नवराज सिलवाल पनि नेपाल समुहमा



काठमाडौं – दल विभाजन गर्न सिंहदरबारमा जारी माधवकुमार नेपाल पक्षको भेलामा केपी शर्मा ओली पक्षका नेताहरू जाने क्रम बढेको छ। भर्खरै मात्र ओली समुहका चार सांसद त्यहाँ पुगेका छन्।

ओली पक्षका सांसद्हरु कृष्ण दाहाल, सूर्य पाठक, गणेश पहाडी र नवराज सिलवाल पुगेका हुन्। उनीहरु किन गए भन्ने जानकारी प्राप्त हुन सकेको छैन।

नेता पहाडी केही अघिसम्म नेपाल पक्षमै थिए। उनी गत असारमा मात्रै ओली पक्षतिर लागेका हुन्। उनी योगेश भट्टराई निकट मानिन्छन

सरकारले दल विभाजनका लागि सहज हुनेगरी अध्यादेश ल्याएको छ। र, एमालेको माधव नेपाल पक्ष दल विभाजनका लागि तयारी गरिरहेका छन्।