ओली समुहका सांसदहरू पनि नेपाल पक्षमा खुले
काठमाडौं । नेकपा एमालेको माधव पक्षका केन्द्रीय सदस्य र सांसदहरू आकस्मिक छलफलमा जुटेका छन् । बानेश्वरको अर्याल होटेलमा भएको छलफलमा नेताहरू आउने क्रम जारी छ ।
विश्वासको मत दिने बेला आफूसँग रहेका २२ जना सांसदसँग नेपालले छलफल गरेपनि त्यहाँ धेरै सांसदहरू आएको बताइएको छ । राजनीतिक दलसम्बन्धी अध्यादेश र नयाँ पार्टी खोल्ने विषयमा छलफल केन्द्रित रहेको बताइएको छ ।
केपी ओलीलाई साथ दिइरहेका केहि सांसदहरू नेपाल समुहमा खुलेका छन् वामदेव गौतम पत्नी तुलसा थापा र माया ज्ञवाली पनि माधव नेपाल पक्षमा लागेका छन् ।
भीम रावलसहित संस्थापन पक्षसँगको वार्तामा रहेका कार्दलका सदस्यहरू भने बैठकमा देखिएका छैनन् । तर उनीहरू पनि आउने केन्द्रीय सदस्य गंगालाल तुलाधरले जानकारी दिए