वामदेव गौतम पनि नेपाल समूहमै
काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पनि वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई नै साथ् दिने भएका छन् । यसअघि माधव समुहले पार्टी विभाजन गर्ने हिम्मत गरेको खण्डमा आफूले साथ् दिने बताएका गौतम नेपाल समूहमै लाग्ने भएका हुन् ।
पार्टी विभाजनको विकल्प नै नभएको बताउँदै एमाले नेता मेटमणि चौधरीले उपाध्यक्ष गौतम पनि नेपाल समूहमै आएको बताएका हुन् ।
‘अब पार्टी विभाजनको विकल्प नै छैन, आज हाम्रो पक्षमा खुल्ने सांसद र केन्द्रीय सदस्यको हस्ताक्षर हुन्छ,’ उनले भने, ‘उपाध्यक्ष वामदेव गौतम पनि हामी रहेको समूहमै आउनुहुन्छ । उहाँसँग सबै कुरा भइसक्यो । प्रतिगमनसँग यात्रा गर्न म पनि सक्दिनँ भनेर उहाँले भनिसक्नु भएको छ ।’