ठाकुरसँग भेटेपछि प्रधानमन्त्री देउवाले बोलाए आकस्मिक बैठक
काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवासँग जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षका शीर्ष नेताहरूले छलफल गरेका छन् । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा देउवासँग जसपाका शीर्ष नेताहरूले छलफल गरेका हुन् ।
दल विभाजनसम्बन्धी अध्यादेशबारे र सरकारमा सहभागीताबारे पनि छलफल भएको बालुवाटार स्रोत जानकारी दियो । त्यस्तै जसपाका नेताहरूले नागरिकता विधेयकबारेमा पनि चासो राखेका थिए ।
देउवासँग छलफल गर्न जसपा महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झालगायत बालुवाटार पुगेका थिए । उनीहरूसंगको भेटपछि प्रधानमन्त्री देउवाले अध्यादेश ल्याउन आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।