मन्त्रिपरिषद्को बैठक जारी : दुई वटा अध्यादेश ल्याउने तयारी - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

मन्त्रिपरिषद्को बैठक जारी : दुई वटा अध्यादेश ल्याउने तयारी



काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्नेबारे निर्णय लिन देउवाले बैठक बोलाएको बताइएको छ ।

अहिले प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार मध्यान्ह मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । राजनीतिक दल विभाजनसम्बन्धि अध्यादेश ल्याउने चर्चाबीच बैठक बोलाइएको छ ।

स्रोतका अनुसार सरकारले एउटा होइन दुई ओटा अध्यादेश ल्याउने तयारी गरेको छ । बैठक चलिरहेको बताउँदै स्रोतले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश र बजेट सम्वन्धि अध्यादेश ल्याउने तयारी मन्त्रिपरिषद्ले गरेको दाबी गरेको छ ।

नेकपा एमाले माधव नेपाल समूहलाई सहज हुनेगरी राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउने सरकारको तयारी छ ।