दल विभाजनसम्बन्धि अध्यादेश ल्याउने सरकारको तयारी
काठमाडौं- सरकारले राजनीतिक दल विभाजनसम्बन्धि संशोधन अध्यादेश ल्याउने तयारी गरेको छ । संसदको चालू अधिवेशन अन्त्य गरेर सो अध्यादेश ल्याउने तयारी गरेको हो ।
दल विभाजनसम्वन्धि अध्यादेश ल्याउने चर्चा चलिरहेक बेला आज बसेको मन्त्रीपरिषदको बैठकले प्रतिनिधि सभाको अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको छ भने दल विभाजनका लागि आवश्यक संख्याको प्रावधान खुकुलो बनाइ अध्यादेश ल्याउने तयारी गरिएको स्रोतले जनाएको छ ।
दल विभजनसम्बन्धि अध्यादेश ल्याउन सहज हुनेगरी सरकारले आजै रातिदेखि लागू हुनेगरी प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरिसकेको छ ।
यसका लागि गठबन्धनका शीर्ष नेताहरूबीच सहमति भइसकेको बताइएको छ ।
अध्यादेशमार्फत प्रावधान खुकुलो बनाएर एमालेका वरिष्ठ नेता माधव नेपालाई पार्टी बिभाजनका लागि सहज पारिने चर्चा छ ।