बहुमत गुमाएपछि मलेसियाका प्रधानमन्त्रीले दिए तत्काल राजीनामा - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

बहुमत गुमाएपछि मलेसियाका प्रधानमन्त्रीले दिए तत्काल राजीनामा



एजेन्सी- संसदमा बहुमत गुमाएपछि मलेसियाका प्रधानमन्त्रीले राजीनामा दिएका छन् । प्रधानमन्त्री मुहिद्दिन यासिनले राजीनामा पत्र बुझाएको बताइएको छ ।

अन्तराष्ट्रीय संचार माध्यमहरूका अनुसार समाचार उनले सोमबार त्यहाँका राजालाई राजीनामा पत्र बुझाएका हुन् ।संसदमा बहुमत गुमाएसँगै उनले राजीनामा दिएका हुन्।

यासिनले प्रधानमन्त्रीमा नियुक्त भएको १८ महिना नबित्दै राजीनामा दिएका हुन्। उनी गत वर्ष मार्चमा प्रधानमन्त्री बनेका थिए। २२२ जना सांसद भएको संसदमा उनी झिनो बहुमत पाएर सत्तामा आएका थिए।

गठबन्धनको सरकारमा रहेको सबैभन्दा ठूलो पार्टी युनाइटेड मलेज नेशनल (युएमएनओ)ले यासिनलाई राजीनामा दिन दबाब दिएको थियो। पार्टीले यासिनलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो।

यासिनले संसदमा आफूसँग बहुमत भएको बताउँदै आएका थिए। उनले सेप्टेम्बरमा विश्वासको मत लिएर बहुमत भएको पुष्टि गरी देखाउने बताएका थिए।