भीम रावल र ईश्वर पोखरेलबीच पार्टी एकताबारे छलफल - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

भीम रावल र ईश्वर पोखरेलबीच पार्टी एकताबारे छलफल



काठमाडौँ ।नेकपा (एमाले)को आन्तरिक एकतालाई सबल बनाउने विषयमा आज सो पार्टीका उपाध्यक्ष डा भीम रावल र महासचिव ईश्वर पोखरेलबिच छलफल भएको छ ।

पोखरेलको निवास धापासीमा भएको छलफलमा दुवै नेताले अन्य नेतासँग पनि निरन्तर संवाद गरी गत असार २७ गते भएको १० बुँदे सहमतिको जगमा एकताबद्ध पार्टी निर्माणका लागि पहल गर्ने समान धारणा व्यक्त गरेका थिए।

महासचिव पोखरेलले पार्टीमा असन्तुष्ट नेताहरुसँग पनि संवाद गर्दै आएको उनका प्रेस संयोजक गणेश पाण्डेले जानकारी दिए ।

प्रतिनिधिसभाको विघटन, सर्वोच्च अदालतको पुनः स्थापनाको फैसला र नयाँ सरकारलाई समर्थन जस्ता विषयमा एमाले मतभेद उत्पन्न हुँदै आएको छ । अध्यक्ष केपी शर्मा ओली लचिलो नभएमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले नयाँ पार्टी खोल्न सक्ने जनाए पनि सो पक्षकै कतिपय नेताहरु विभाजनको विपक्षमा उभिएका छन्।