गण्डकी प्रदेशको मुख्यमन्त्री माओवादीलाई दिनुपर्ने माग - Himal Post Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

गण्डकी प्रदेशको मुख्यमन्त्री माओवादीलाई दिनुपर्ने माग



काठमाडौँ- नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका प्रदेशसभा सदस्यहरूले आफूहरूले मुख्यमन्त्री पाउनुपर्ने माग गरेका छन् । माओवादी केन्द्रको केन्द्रीय कमिटि बैठकमा गण्डकीमा पनि मुह्यामंत्री माओवादीले पाउनुपर्ने माग गरेका हुन् ।

प्रदेश सभा सदस्यहरूले आफूल्हारूले आलोपालो मुख्यमन्त्री चलाउन पाउनु पर्ने भन्दै नेतृत्वलाई त्यसको माहोल मिलाउन आग्रह गरेका छन् । उनीहरूले लुम्बिनी प्रदेशमा जस्तै आलोपालो मुख्यमन्त्री चलाउन पाउनु पर्ने भन्दै केन्द्रमा रिपोटिङ गरेका हुन्।

गण्डकी प्रदेशका तर्फबाट समूहगत छलफलको रिपोटिङ गर्दैपार्टीको कार्यालय पेरिस डाँडामा बसेको केन्द्रीय कमिटीको बैठकमा माओवादी नेता हितराज पाण्डेले गण्डकी प्रदेशमा पनि आफूहरूले मुख्यमन्त्री चलाउन पाउनु पर्ने माग राखेका हुन् ।

उनले भने, ‘यो प्रदेशमा चुनावमा नेपाली काँग्रेस प्रतिस्पर्धा हुने हो, त्यसैले लुम्बिनी प्रदेशमा जस्तै लुम्बिनी प्रदेशमा पनि आलोपालो मुख्यमन्त्री पाउनु पर्छ ।’ उनले माओवादी पार्टी रूपान्तरण हुनुपर्ने माग समेत गरेका छन् । रूपान्तरणका लागि उनले पुराना नेताहरूले केन्द्रीय कमिटि छोड्नुपर्ने माग समेत गरे ।