हाइटीमा शक्तिशाली भूकम्प : ३०४ को मृत्यु, सुनामीको चेतावनी - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

हाइटीमा शक्तिशाली भूकम्प : ३०४ को मृत्यु, सुनामीको चेतावनी



एजेन्सी- हाइटीमा शक्तिशाली भूकम्प गएको छ । क्यारेबियन मुलुक हाइटीमा शनिबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ३ सय ४ पुगेको छ। भूकम्पको केन्द्रबिन्दु राजधानी मध्य पोर्ट-औं-प्रिन्सबाट १६० किलोमिटर टाढा घना बस्ती भएको ठाउँमा रहेको बताइएको छ।

७ दशमलब २ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण ठूलो क्षति भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन्। भूकम्पका कारण घर, होटेल र चर्चहरु भत्किएका छन्। घटनामा परी १ हजार ८ सयभन्दा बढी मानिस घाइते भएका छन्।

प्रकोपले ग्रस्त क्यारेबियन राष्ट्र हाइटीको पश्चिममा भूकम्पपछि सुनामी आउनसक्ने भन्दै हजारौँ मानिसलाई समुद्र किनारबाट टाढा तथा अग्लो सुरक्षित स्थलतर्फ जान आग्रह गरिएको छ।

यस पहिले हाइटीमा सन् २०१० को जनवरीमा गएको ७।० रेक्टर स्केलको भूकम्पले पोर्ट-अ-प्रिन्स र नजिकैका अधिकांश शहरहरूमा ठूलो क्षति भएको थियो।

उक्त भूकम्पमा परी कम्तीमा दुई लाखभन्दा बढी मानिसको ज्यान गुमेको थियो। तीन लाखभन्दा बढी घाइते भएका उक्त घटनामा साढे एक लाखभन्दा बढी हाईटीबासी घरबारविहीन भएका थिए।