एमालेबाट राजीनामा दिएका डाँगी बने मुख्यमन्त्रीको प्रमुख सल्लाहकार - Himal Post Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

एमालेबाट राजीनामा दिएका डाँगी बने मुख्यमन्त्रीको प्रमुख सल्लाहकार



काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रमुख राजनीतिक सल्लाहकारमा अमर बहादुर डाँगीलाई नियुक्त गरेका छन्।

मुख्यमन्त्री तथा मन्त्रीहरुको सपथग्रहण लगत्तै बिहिबार साझ बसेको मन्त्रिपरिषद बैठकले डाँगीलाई मुख्यमन्त्री केसीको प्रमुख सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता कृष्णध्वज खड्काले सहायक राज्यमन्त्री स्तरको सेवा सुबिधा पाउने गरी डाँगीलाई मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा नियुक्त गरेको जानकारी दिए।

नेकपा एमालेका तत्कालिन सांसद डाँगीले गत वैशाख २२ गते पदबाट राजीनामा दिएका थिए। दाङ क्षेत्र नम्बर २ ख बाट प्रदेशसभा सदस्य निर्वाचित डाँगी घोराही उपमहानगरपालिकाका पुर्वमेयर समेत हुन् ।