देउवामाथि विष्णु रिजालको व्यंग्य: 'सक्षम व्यक्ति कसरी असफल हुनुभयो ?' - Himal Post Himal Post
  • ११ फाल्गुन २०८१, आईतवार
  •      Sun Feb 23 2025
Logo

देउवामाथि विष्णु रिजालको व्यंग्य: ‘सक्षम व्यक्ति कसरी असफल हुनुभयो ?’



काठमाडौं- नेकपा एमालेका नेता विष्णु रिजालले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि व्यंग्य गरेका छन् । उनले एकमहिनासम्म पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै व्यंग्य गरेका हुन् ।

देउवा प्रधानमन्त्री बनेका एक महिना पुग्दापनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । यसअघि सरकारमा हुँदा अनेक काण्ड गरेर सरकार चलाएका देउवाले अहिले भने एक महिनासम्म मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।

एमाले नेता रिजालले उहाँ नसक्ने मानिस त होइन भन्दै टाउकोको मूल्य तोक्नेदेखि दल फुटाएर सरकार बनाएको सम्मको स्मरण गरेका छन् । उनले भनेका छन्, ‘मानिसका जीवित वा मृत टाउकाको मूल्य तोक्न, इतिहासमै जम्बो मन्त्रिपरिषद् बनाउन र दल फुटाएरै सरकार बनाउन सक्षम नै हो ।’

उनले सामाजिक संजालमा लेखेका छन्, शेरबहादुर देउवाका लागि आज परमादेश प्राप्त भएको एक महिना पुगेको छ । उहाँ नसक्ने मानिस त होइन– मानिसका जीवित वा मृत टाउकाको मूल्य तोक्न, इतिहासमै जम्बो मन्त्रिपरिषद् बनाउन र दल फुटाएरै सरकार बनाउन सक्षम नै हो । यसपटक चाहिँ एक महिनासम्म मन्त्रिपरिषद् बनाउन सक्नुभएन होला ? जिज्ञासा!?