लुम्बिनीमा बन्ला त २२ घण्टामा नयाँ सरकार ? - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

लुम्बिनीमा बन्ला त २२ घण्टामा नयाँ सरकार ?



काठमाडौँ । लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले बहुमतको नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । बहुमतको सरकार अल्पमतमा परेर ढलेपछि यस्तो आह्वान गरिएको हो ।

बुधबार मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुख शेरचनले साउन २८ गते दिउँसो ३ बजेसम्मको समय दिएर बहुमतको सरकार गठनका आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि मिति २०७८ साउन २८ गते बिहीबार अपराह्न ३:०० बजेभित्र दाबी पेश गर्न माननीय प्रदेश प्रमुखज्यूले प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलहरुलाई आह्वान गर्नुभएको छ।’