एकाबिहानै माधव नेपाल निवास किन पुगे गृहमन्त्री खाँण ?
काठमाडौं- कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाँण बुधबार एकाबिहानै एमालेका वरिष्ठ नेता माधव नेपाललाई निवासमै पुगेर भेटेका छन् । नेता नेपालसँग भेट्न उनी उनकै निवास कोटेश्वर पुगेका थिए । खाँणलाई प्रधानमन्त्री शेरबहादुर देउवाले पठाएको बताइएको छ ।
एमालेको विवाद बढिरहेका बेला सरकारमा नेपाल पक्षलाई सहभागी गराउन खाँण नेपाल निवासमा पुगेको बुझिएको छ। सरकार विस्तारको अन्तिम तयारीमा रहेका प्रधानमन्त्री देउवाले आफनो दुतका रुपमा खाँणलाई नेपाल भेट्न पठाएका थिए ।
ओलीले पछिल्लो पटक आफु निकटको केन्द्रीय सदस्यको बैठक राखेर विद्यान महाधिवेशन बोलाउने, विद्यान महाधिवेशनमा केन्द्रयि कमिटिका तर्फबाट लैजाने मस्यौदा पारित गर्ने र त्यस्तो मस्यौदामा अध्यक्ष र केन्द्रीय कमिटिमात्र निर्वाचित गर्ने, अन्य पदाधिकारी मनोनित गर्ने, पोलिटब्यूरो खारेज गर्ने जस्ता प्रस्ताव समेटिएपछि नेपाल ओलीसँग झन चिढिएका छन् ।
ओली पक्षसँग निर्णाकय वार्ता गर्ने र अधिकतम एकताकै प्रयास गर्ने नेपाल समुहको केन्द्रीय समितिले निर्णय लिईरहदा पनि ओलीले एकलौटी विद्यान सांसेधनको प्रस्ताव तयार पर्ने देखि वडा गाउ र नगरका समेत भेला सम्मेलन गर्न थालेपछि नेपाल आफु पनि पार्टीभित्रै समानान्तर गतिविधि तिव्र बनाउने योजनामा जुटेका छन् ।