ओलीलाई विश्वप्रकाशको प्रश्न: साढे तीन वर्ष गरेका गफको १५ महिनामै रिजल्ट चाहियो ? - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

ओलीलाई विश्वप्रकाशको प्रश्न: साढे तीन वर्ष गरेका गफको १५ महिनामै रिजल्ट चाहियो ?



काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफूले साढे तीन वर्षसम्म गरेका गफको रिजल्ट केपी शर्मा ओलीले १५ महिनाको सरकारबाट खोजेको बताएका छन् ।

शर्माले मंगलबार संसदमा बोलेजस्तो काम केपी शर्मा ओलीले साढे तीन वर्षमा गरिदिएको भए अहिलेसम्म स्थिति अर्कै बनिसक्ने उनले टिप्पणी गरेका छन्।

शर्माले सामाजिक सञ्जालमार्फत ओलीलाई सम्बोधन गर्दै भनेका छन्, ‘@kpsharmaoli संसदमा जसरी बोल्नुभयो, साढे ३ वर्ष त्यसरी काम गरिदिएको भए, स्थिति अर्कै हुन्थ्यो।

आफूले साढे तीन वर्षसम्म गर्न नसकेका काम ओलीले एक महिनामै खोजेको शर्माले बताए। ‘अब १५ महिनामा सबै काम चाहियो, प्रश्नको भारी महिना दिनमै!’, उनले भने।

शर्माले बोल्ने विभाग कमरेड ओलीकै जिम्मा रहेको भन्दै प्रतिपक्षीका आवाजको सम्मान गर्ने बताएका छन्। ‘ तर, प्रतिपक्षी आवाजको सम्मान गर्दै, कर्मले जवाफ दिने कर्तव्य निर्वाह गर्नुछ। बोल्ने विभाग कमरेड ओलीकै जिम्मा थियो, छँदैछ।’, उनले भनेका छन्।