मुख्यमन्त्री पोखरेलको राजीनामा दिने तयारी
रुपन्देही- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिने तयारीमा रहेका छन् । प्रदेशसभामा अल्पमतमा परेपछि पोखरेलले केहिबेरमा राजिनामा दिने तयारी गरेका हुन् ।
पोखरेलले राजीनामा दिने तयारी गरेको स्रोतले जनाएको छ । अहिले केहीबेरपछि लुम्बिनी एमाले संसदीय दलको बैठक बस्दैछ ।
अधिवेशन सुरु हुनुअघि नै उनले ठोस निर्णय लिइने बताएका थिए ।विपक्षी गठबन्धनको समावेदनपछि लुम्बिनीका प्रदेश प्रखुम अमिक शेरचनले आज १ बजेका लागि प्रदेशसभा बैठक बोलाएका छन् ।