लुम्बिनी प्रदेशका मन्त्री पाण्डेयले दिए राजीनामा
काठमाडौं- पार्टीको नीतिविपरित लुम्बिनी प्रदेश सरकारमा गएका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष पाण्डेयले पदबाट राजीनामा दिएका छन् । पाण्डेयले मंगलबार राजीनामा दिएका हुन् ।
गत वैशाख ६ गते जसपाबाट मन्त्री बनेका पाण्डेयलगायत तीन जनालाई पार्टीले कारवाही गर्दै सांसद पदबाट हटाएको थियो । त्यसका विरुद्ध तिनै जना अदालत गएपनि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।
अदालतको निर्णयसँगै पाण्डेयले नैतिक कारण देखाउँदै पदबाट राजीनामा दिएका हुन् । अदालतबाट अन्तरिम आदेश नआएपछि आज आफूले नैतिकताको आधार राजीनामा दिएको पाण्डेले रातोपाटीलाई बताए ।
जसपाको तर्फबाट मन्त्री बनेका अन्य दुई जना विजय बहादुर यादव र कल्पना पाण्डेय भने मन्त्रीमा कायमै छन् ।