शंकर पोखरेलको आरोप: प्रधानमन्त्री देउवा लाचार बने - Himal Post Himal Post
  • १२ फाल्गुन २०८१, सोमबार
  •      Mon Feb 24 2025
Logo

शंकर पोखरेलको आरोप: प्रधानमन्त्री देउवा लाचार बने



काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवा लाचार बनेको बताएका छन् । उनले मन्त्रिपरिषद्का निर्णयमा राजनीतिक सौदाबाजी भएको भन्दै यस्तो बताएका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्रिपरिषद्ले गर्ने निर्णय क्याबिनेट बैठकभन्दा बाहिर राजनीतिक सौदाबाजीमा हुन सुरु भएको बताएका हुन् । साथै उनले यसमा प्रधानमन्त्रीको लाचारीभएकोसमेत उल्लेख गरेका छन् ।

मन्त्री परिषद्ले गर्ने निर्णय पनि क्याबिनेट बैठकभन्दा बाहिर राजनीतिक सौदावाजीमा हुन सुरु भएछ । प्रम यति साह्रो लाचार नदेखिए हुने । पोखरेलले भनेका छन् । तर कुन विषयलाई इङ्गित गरेका हुन् भन्ने कुरा भने खुलाएका छैनन् ।

तर उनको यो स्ट्याटसपछि कमेन्टमा धेरैले यसअघि आफू र आफ्नो सरकार हुँदा गरेका गतिविधिलाई स्मरण गराउँदै फेसबुक रोदन भनेका छन् ।