सत्ताबाट बाहिरिए लगत्तै ओलीले उठाए लडाकु शिविरको भ्रष्टाचार काण्ड - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

सत्ताबाट बाहिरिए लगत्तै ओलीले उठाए लडाकु शिविरको भ्रष्टाचार काण्ड



काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताबाट बाहिरिए लगत्तै लडाकु शिविरबाटै भ्रष्टाचारको छानबिन गर्नुपर्ने बताएका छन् ।

उनले भ्रष्टाचार छान्बिन गर्ने भए लडाकुको शिविरबाटै सुरू गर्न सुझाव दिएका छन् ।केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै यस्तो सुझाव दिएका हुन् ।

“क्यान्टोनमेन्टको भ्रष्टाचार, विगतको लुट, निजी सम्पत्ति कब्जालगायतका विषयमा छानबिन गर्नुपर्छ,” उनको भनाई थियो, “वाइडबडी, बालुवाटार जग्गा प्रकरण, सुन तस्करी कहिले भए ? संलग्न गठबन्धनकै नेताहरुलाई कारबाही गर्न सक्नुहुन्छ ? कि झुटो मुद्दा लगाएर विपक्षीलाई फसाउने षडयन्त्र हो ? ”

उनले एमालेले देशभक्त, लोकतान्त्रिक र प्रगतिशील शक्तिको साथ लिएर प्रतिकार गर्ने बताए ।

“एमसीसीको बारेमा किन बोल्न नसकेको ? तपाईंहरुकै पालामा सम्झौता भएको होइन ?,” उनको प्रश्न थियो, “ १६५ को मत विश्वासको मत लिँदा लिएको होइन ? किन पास गर्न नसकेको ? किन हामीलाई दोष दिएको ?”