नेपालमै भ्याक्सिन उत्पादनको लागि ल्याब स्थापना गरिने - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

नेपालमै भ्याक्सिन उत्पादनको लागि ल्याब स्थापना गरिने



काठमाडौं- सरकारले कोभिड-१९ विरुद्धको भ्याक्सिन उत्पादनको लागि नेपालमै ल्याब स्थापना गर्ने भएको छ। शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम अन्तर्गत ल्याब स्थापना गर्ने कार्यक्रम ल्याएको हो ।

गठबन्धन सरकारले आइतवार सार्वजनिक न्यूनतम साझा कार्यक्रम अन्तर्गत ‘कोभिड-१९ बाट उत्पन्न महाविपत्तिबाट मुक्ति’ उपशीर्षकमा सरकारले यस्तो उल्लेख गरेको छ।

आगामी असोजसम्म एकतिहाइ नागरिकलाई र चैतसम्म खोप लगाउन योग्य नेपालीलाई नि:शुल्क खोपको व्यवस्था गर्ने कुरा न्यूनतम साझा कार्यक्रममा उल्लेख छ।

‘कोभिड-१९ को खोप उत्पादनका लागि नपालमै भ्याक्सिन ल्याब स्थापना गर्न पहल गर्ने’, साझा कार्यक्रममा भनिएको छ, ‘कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचारका लागि अस्पताल लगायत भौतिक पूर्वाधारको विकासमा प्राथमिकता दिने!’