सरकार सञ्चालनको साझा कार्यक्रम सार्वजनिक
काठमाडौं । सरकार सञ्चालनको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिने कार्यक्रममा निजी सञ्चारमाध्यमलाई प्रवेश निषेध गरिएको छ ।
सत्तारूढ गठबन्धनको कार्यदलले तयार पारेको सरकार सञ्चालनको न्यूनतम साझा कार्यक्रम आज सिंहदरबारबाट सार्वजनिक गरिँदै छ । उक्त कार्यक्रममा सरकारी सञ्चारमाध्यमलाई मात्र प्रवेश दिइएको छ ।
निजी सञ्चारमाध्यमका सञ्चारकर्मी सबैलाई गेटबाहिरै रोकिएको छ । सुरक्षाकर्मीले चारवटा सरकारी सञ्चारमाध्यमबाहेकलाई प्रवेश नदिनू भन्ने आदेश भएको भन्दै भित्र जान रोक लगाएका हुन् ।