अप्ठ्यारोमा परेपछि काठमाडौं हानिए मुख्यमन्त्री पोखरेल - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

अप्ठ्यारोमा परेपछि काठमाडौं हानिए मुख्यमन्त्री पोखरेल



काठमाडौं- अफ्ठ्यारोमा परेपछि लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल एकाएक काठमाडौं आएका छन् । विपक्षीले अविश्वास प्रस्ताव दर्ता गरेपछि समस्यामा परेका उनी राजनीतिक भेटवार्ताका लागि काठमाडौं आएको बुझिएको छ ।

एकातिर सांसदलाई बन्धक बनाएको भन्दै चौतर्फी आलोचना भइरहेको र अर्कातिर विपक्षीले अविश्वास प्रस्ताव दर्ता त्यसमाथि प्रदेश प्रमुख फेरिएर पोखरेल हायल कायल बनेको बताइएको छ ।

एमालेका केपी शर्मा ओली सत्तामा रहँदा मनपरी गरेका पोखरेल अहिले भने समस्या आउंदा बित्तिकै काठमाडौं हानिएका हुन् । पोखरेल विपक्षी गठबन्धनले अविश्वासको प्रस्ताव दर्ता गरेपछिको राजनीतिक अवस्थाबारे एमालेका केहि नेताहरूसंग छलफल गरेका छन् ।

पहिले बहुमतमा देखिएका लुम्बिनीमा मुख्यमन्त्रीको पक्षमा हाल ३८ जना सांसदमात्र छन्। विपक्षी गठबन्धनबाट कुलप्रसाद केसीको पक्षमा ४१ जना सांसद छन्।

मुख्यमन्त्री पोखरेल काठमाडौबाट फर्किएपछि यस विषयमा औपचारिक निर्णय हुने उनको भनाइ छ। पेश भएको अविश्वास प्रस्तावलाई असंवैधानिक बनाउने वा राजीनामा दिने भन्नेमा उनी फर्केपछि मात्र निर्णय गरिने बताइएको छ ।