ओलीले डाके एकैदिन स्थायी कमिटि र केन्द्रीय कमिटिको बैठक
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्थायी कमिटि र केन्द्रीय कमिटिको बैठक बोलाएका छन् । साउन २५ गते दुवै कमिटिको बैठक ओलीले बोलाएका हुन् । बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बोलाईएको छ ।
पार्टीको विद्यान अधिवेशनको तयारी र वडा सम्मेलनहरु गर्ने कार्यतालिका बनाएको एमालेले पार्टी विद्यान संसोधनका लागि शुक्रवारवाट समुहगत रुपमा सुझाव लिने काम शुरु गरेको थियो ।
पार्टीभित्रै अन्त्रसंर्घष चर्काइरहेको माधव नेपाल पक्षले केन्द्रीय कमिटिले तय गरेका कार्यक्रम स्थगित गर्न र एकताका लागि ओलीले आत्मआलोचना गर्नुपर्ने जस्ता शर्त तेस्याईरहेका बेला ओलीले स्थायी कमिटि र केन्द्रीय कमिटि बैठक बोलाएका हुन ।नेपाल पक्षको मागका आधारमा पार्टीका गतिविधि अव नरोक्ने निश्कर्षमा ओली पक्ष छ ।
पार्टी स्थायी कमिटि र केन्द्रीय कमिटिको बैठक बोलाईएको केन्द्रीय कार्यालयका सचिव शेरवहादुर तामाङले जानकारी दिए । साउ २४ गते तोकिएको बैठक एक दिनपछि सारिएको सो पार्टीका कार्यलय सचिव तामाङले जानकारी दिए ।