ओलीले डाकेको केन्द्रीय कमिटी बैठक स्थगित
काठमाडौँ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबारका लागि डाकेको केन्द्रीय कमिटि बैठक स्थगित भएको छ । उनले आफू पक्षीय केन्द्रीय कमिटी बैठक स्थगित गरेका हुन् ।
ओली निकट केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार आइतबार बैठक स्थगित गरेर सोमबारका लागि सारिएको छ ।
शुक्रबार सकिएको एमाले माधवकुमार नेपाल पक्षीय केन्द्रीय कमिटी बैठकले ओली पक्षलाई एकता नहुञ्जेल एकलौटी ढंगमा पार्टी गतिविधि नगर्न आग्रह गरेको थियो ।
पार्टी एकताकै लागि पूर्वनिर्धारित बैठक एक दिन पर सारिएको तामाङले बताएका छन्।