एसईईको नजिता केहीबेरमा सार्वजनिक गरिँदै - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

एसईईको नजिता केहीबेरमा सार्वजनिक गरिँदै



काठमाडौं- राष्ट्रिय परिक्षा बोर्डले अबको केहि बेरमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता सार्वजनिक गत्ने तयारी गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डका एक सदस्यले एसईईको नतिजा आज प्रकाशन गर्ने सम्भावना रहेको जानकारी दिएका हुन्।

कक्षा १२ को परीक्षा स्थगन गर्ने वा के गर्ने भन्ने विषयमा निर्णय गर्न शनिबार बिहान आयोजित बोर्डको बैठकले एसईईको नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो।

एसईईको नतिजा www.neb.gov.np र www.ntc.net.np बाट हेर्न सकिनेछ।

कोरोना महामारीका कारण एसईईको परिणाम गत वर्षजस्तै सरकारले सम्बन्धित विद्यालयलाई नै आन्तरिक मूल्यांकन गर्न दिएको थियो।

सोहीबमोजिम बोर्डले २०७७ सालको एसईईको नतिजा सार्वजनिक गर्न लागेको हो।