अझै नियन्त्रणमा आएन नेबिको बिस्कुटको आगलागी - Himal Post Himal Post
  • १२ फाल्गुन २०८१, सोमबार
  •      Mon Feb 24 2025
Logo

अझै नियन्त्रणमा आएन नेबिको बिस्कुटको आगलागी



काठमाडौँ- नेबिको बिस्कुटको कारखानामा भएको आगलागी अझै नियन्त्रणमा आएको छैन । काठमाडौं महानगरपालिका-१६ स्थित बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेबिको बिस्कुटको कारखानामा शनिबार बिहान २ बजेदेखि आगलागी भएको हो ।

१९ वटा पानी ट्याङ्कर ९ वटा बारुणयन्त्र रातिदेखि नै आगो निभाउने प्रयास गरे पनि अझै निभाउन नसकिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हेलिकप्टरबाट पानी हालेर आगलागी नियन्त्रणमा लिने प्रयास गर्दा पनि आगो अझै नियन्त्रणमा आएन । १९ वटा पानी ट्याङ्कर ९ वटा बारुणयन्त्र रातिदेखि नै आगो निभाउने प्रयास गरिरहेका छन् ।

दमकल, पानी ट्यांकरसहित नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । प्रहरीका अनुसार आगलागीको कारण र क्षतिको विवरण खुलेको छैन ।