साउन ३१ बाट हुने भनिएको कक्षा १२ को परिक्षा स्थगित - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

साउन ३१ बाट हुने भनिएको कक्षा १२ को परिक्षा स्थगित



काठमाडौं- परीक्षा आउन ९ मात्र दिन बाँकी रहँदा कक्षा १२ को परीक्षा स्थगित हुने भएको छ । कोरोना महामारी ह्वात्तै बढेको भन्दै परिक्षा स्थगित गर्न लागिएको हो।

राष्ट्रिय परिक्षा बोर्डले ३१ साउनदेखि ९ भदौसम्म परीक्षा गर्ने मिति तय गरेको थियो । स्वास्थ्य मन्त्रालयको चर्को दबाबपछि बोर्डले परीक्षा सार्न लागेको स्रोतले बताएको छ । परिक्षा सार्नाकै लागि बोर्डमा भोलि बैठक बस्दैछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षाको मिति पुनरवलोकन गर्न भन्दै सीसीएमसीमा पत्र पठाएको थियो । सीसीएमसीले परीक्षा स्थगित गरी नयाँ मिति तय गर्न आग्रह गर्दै बोर्डलाई पत्र पठाएको छ ।

यसअघि राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना संक्रमितको संख्या बढ्न थालेकोले तत्काल परीक्षा गर्न नसकिने आशयको अभिव्यक्ति दिएका थिए ।

३१ साउनबाट परीक्षा गराउन बोर्डले सबै तयारी पूरा गरेको थियो । यो वर्षको परीक्षामा ३ लाख ७४ हजार विद्यार्थी सहभागी हुँदैछन ।