माधव नेपालका सबै माग सम्बोधन गर्न सकिन्न: प्रदीप ज्ञवाली - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

माधव नेपालका सबै माग सम्बोधन गर्न सकिन्न: प्रदीप ज्ञवाली



काठमाडौँ – नेकपा (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीले एकताको नाममा माधव नेपालका सबै माग सम्बोधन गर्न नसकिने बताएका छन् ।

उनले पार्टीका गतिविधि रोक्न नसकिने स्पष्ट पारेका छन् । विधान संशोधनमा समेट्नुपर्ने विषयबारे छलफल गर्न अध्यक्ष ओलीले बोलाएको बैठकपछि एमाले प्रवक्ता ज्ञवालीले पार्टीको नियमित काम चल्ने र एकताका लागि कुनै गतिविधी नरोकिने स्पष्‍ट पारे।

उनले पार्टी गतिविधि रोक्न आएका सुझाव पार्टीको हितविपरीत रहेको जिकिर गरे ।

स्थानीय तहको चुनाव नजिक आइरहेको, पार्टी महाधिवेशन गर्नुपर्ने अवस्थामा पार्टीका काम रोक्न नसकिने उनको भनाइ छ । ज्ञवालीले सत्ता पक्ष आक्रामक रूपमा अघि बढेकाले प्रमुख प्रतिपक्षी आफ्ना काम रोकेर बस्न नसक्ने बताए ।

उनले विधान संशोधनमा समेट्नुपर्ने विषयमा स्थायी कमिटीका सदस्य, प्रदेशका नेताहरू, विधान संशोधन समिति र राजनीतिक प्रस्ताव तयार पार्न गठित समितिका सदस्यहरूसंग छलफल भएको बताए । विधान संशोधनको प्रस्ताव तयार भएपछि सवै तहमा अध्ययनका लागि पठाइने एमालेको तयारी छ ।

यसअघि एमालेकै माधव नेपाल पक्षले पार्टी एकताका लागि विधान महाधिवेशन गर्नेलगायतका गतिविधि रोक्नुपर्ने बताएको थियो ।