पार्टी एकता गर्न ओलीलाई ४८ घण्टे अल्टिमेटम - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

पार्टी एकता गर्न ओलीलाई ४८ घण्टे अल्टिमेटम



काठमाडौं- नेकपा एमाले माधव नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ४८ घण्टे अल्टिमेटम दिएका छन् ।

पार्टी एकताका लागि अध्यक्ष ओलीलाई २४ साउनसम्मको अल्टिमेटम दिनुपर्ने केन्द्रीय सदस्यहरूले धारणा राखेपछि यस्तो अल्टिमेटम दिइएको हो।

शुक्रबारको नेपाल निकट केन्द्रीय कमिटी बैठकमा संसद् विघटन गरेको विषयमा अध्यक्ष ओलीले आत्मआलोचना गर्नुपर्ने माग पनि उनीहरूले राखेका छन् ।

समय सीमाभित्र ओलीले आत्मआलोचना नगरे सरकारमा जानुपर्ने धारणा केन्द्रीय सदस्यहरूले राखेको नेता मेठमणि चौधरीले बताए । बैठकमा सम्मानजनक एकता हुनुपर्ने अधिकांश सदस्यहरूको धारणा छ ।