नेपाल समूहको बैठक सकियो: नयाँ पार्टी खोल्नेबारे के भयो छलफल ? - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

नेपाल समूहको बैठक सकियो: नयाँ पार्टी खोल्नेबारे के भयो छलफल ?



काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका नेता सोमप्रसाद तत्काल नयाँ पार्टी खोल्ने तयारी र योजना नरहेको बताएका छन्।

नेपाल पक्षीय केन्द्रीय समिति बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै पाण्डेले नयाँ पार्टीबारे कुनै योजना नरहेको बताएका हुन्।

‘अहिले दुई वटा समूह तयार भएर पार्टी विभाजनको अवस्थामा पुगेको जस्तो देखिएको छ, त्यो हो पनि’, पाण्डेले भने, ‘तर पार्टी एक हुनुपर्छ, अहिले पार्टी नयाँ खोल्ने र नयाँ दर्ता गर्ने योजना माधव नेपाल समूहमा छैन।’

उनले तत्काल पार्टी एउटै रहेकाले माधव नेपाल समूह सरकारमा जान कानुनी समस्या रहेको बताए।