सांसद बन्धक बनाएको भन्दै मुख्यमन्त्री पोखरेलको राजीनामा माग - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

सांसद बन्धक बनाएको भन्दै मुख्यमन्त्री पोखरेलको राजीनामा माग



काठमाडौं–नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले लुम्बिनीको मुख्यमन्त्री कार्यालयलाई सांसद थुन्ने थलो बनाइएको भन्दै आपत्ति जनाएका छन्।

राष्ट्रिय सभाको शुक्रबारको बैठकको विशेष समयमा पन्थले मुख्यमन्त्री कार्यालयलाई सांसद थुन्ने थलो बनाइएको भन्दै यो मानवताविरोधी हर्कत भएको उल्लेख गरे।

उनले यो प्रकरणमा मुख्यमन्त्रीको राजीनामा माग गरेका छन्। ‘यसप्रति खेद प्रकट गर्छौं, यदि नैतिकता छ भने तत्काल राजीनामा दिन माग गर्छौं, हैन भने मुख्यमन्त्री (शंकर पोखरेल) को पनि केपी ओलीको जस्तै बार्दलीको यात्रा सुरु हुनेछ,’ उनले भने।