'नियत ठिक नभएका शंकर पोखरेल लाजै नमानी मुख्यमन्त्रीको कुर्चीमा किन बसेको ?' - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

‘नियत ठिक नभएका शंकर पोखरेल लाजै नमानी मुख्यमन्त्रीको कुर्चीमा किन बसेको ?’



काठमाडौं- लेखेक तथा नागरिक आन्दोलनका अगुवा खगेन्द्र संग्रौलाले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई निर्लज्जको संज्ञा दिंदै मुख्यमन्त्रीको कुर्चीमा बस्न लायक नभएको तर्क गरेका छन् ।

मुख्यमन्त्री पोखरेलको नैतिकतामाथि प्रश्न उठाउँदै संग्रौलाले शंकर पोखरेलको चर्तिकला हेर्न लायक भएको समेत टिप्पणी गरेका छन् । आफ्नो पक्षमा बहुमत पुर्याउन पोखरेलले प्रदेशसभा सदस्य बिमला वलीलाई ‘अपहरण’ गरेकोप्रति कटाक्ष गर्दै संग्रौलाले पोखरेलको नैतिकता र नियमतमाथि प्रश्न उठाएका हुन्।

शंकर सरको यो पराक्रममा राजनीतिक षड्यन्त्रसँगै नैतिक नियत गाँसिन गयो भन्दै संग्रौलाले पोखरेलको नियत ठिक नभएको समेत दाबी गरेका छन् ।

संग्रौलाले शुक्रबार बिहान सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘हेर शंकर पोखरेलको चर्तिकला! लुम्बिनी प्रदेशसभा सदस्य माओवादी विमला वलीलाई अपहरण गरी आफ्नो निवासमा थुनेर एमाले भइदिन जबर्जस्ती गरेछन्, शंकर सरको यो पराक्रममा राजनीतिक षड्यन्त्रसँगै नैतिक नियत गाँसिन गयो। तैपनि यी वीर निर्लज्ज मुद्रामा मुख्यमन्त्रीको गद्दीमा किन बसिरा हुन्?’

सम्पर्कविहीन भएकी खत्रीले बिहीबार पत्रकार सम्मेलन गरेर आफूलाई एमालेका नेताहरुले मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएको जिकिर गरेकी थिइन्।