अपहरणको आरोप लागेपछि मध्यरातमा बर्बराउन थाले शंकर पोखरेल - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

अपहरणको आरोप लागेपछि मध्यरातमा बर्बराउन थाले शंकर पोखरेल



काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद विमला खत्री वलीलाई अपहरण गरी आफ्नो सरकारी निवासमा बन्धक बनाएको आरोप लागेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल मध्यरातमा बर्बराउन थालेका छन् ।

आफूमाथि अपहरणको आरोप लगेपनि उनले विपक्षी दलमाथि नै प्रश्न गरेका छन् । उनले अपहरणको आरोप लगाउने विपक्षीसँग इतिहासले हिसाब माग्ने बताएका छन् ।
बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत उनी बर्बराएका छन् ।

बहालवाला मुख्यमन्त्रीमाथि लागेको आरोपको उचित खण्डन नगरी आफ्नो कुण्ठा पोखेर उनले स्टाटस लेखेपछि उनलाई गाली गर्नेको लर्को लागेको छ । उनको स्टाटसको कमेन्टमा हेरिसक्नु छैन ।

अपहरण जस्तो गम्भीर बिषयमा उनले गरेको हल्का खालको यस्तो टिप्पणीले उनीमाथि झनै शंका पलाउने अवस्था बनेको छ । उनले स्टाटसमा लुम्बिनी प्रदेशमा ८७ सदस्यीय प्रदेशसभाका सदस्य कसका कारणले ८० सदस्यमा झर्यो ? भनेर प्रश्न गरेका हुन् ।

आफूमाथि लागेको अपहरणको आरोपलाई उनले अन्यत्रै मोड्न खोजेको देखिन्छ ।

‘दुई जना माननियलाई फकारएर राजीनामा गराउन सक्ने, ६ जनालाई अनुशासनको डण्डा चलाएर निष्कासन गर्न सक्ने र एक जना माननियलाई दल परिवर्तन गराउन सक्ने प्रतिपक्षले सत्ता पक्षलाई ‘अपहरण’को आरोप पनि लगाएछ,’ उनले भने, ‘८७ सदस्यीय प्रदेशसभा कस्का कारणले ८० सदस्यीयमा झर्यो ? इतिहासले उत्तर अवश्य खोज्नेछ ।’

लुम्बिनी प्रदेशसभा सदस्य वलीले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी आफूलाई मुख्यमन्त्री पोखरेलको निवासमा पाँच दिनसम्म बन्धक बनाएर राखेको बताएकी थिइन । उनले आफू शौचालयको चप्पल लगाएर भागेको बताउँदै मुख्यमन्त्री पोखरेलमाथि गम्भीर आरोप लगाएकी थिइन ।