नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै



काठमाडौं– नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय सदस्यहरूको बैठक बस्दैछ। बैठक आज (बिहीबार) बिहान ११ बजे शंखमुलस्थित क्वालिटी पार्टी प्यालेसमा बस्ने गरी आह्वान गरिएको बताइएको छ ।

यसअघि बुधबारका लागि तय भएको बैठक केन्द्रीय सदस्यहरु उपत्यकाबाहिर रहेकाले सारिएको थियो।एमालेभित्रको एकता र भावी रणनीतिका विषयमा छलफल गर्न नेपालले केन्द्रीय सदस्यहरूको बैठक बोलाएको एक नेताले बताए।

तर, पार्टी अध्यक्ष ओलीपक्षले भने नेपाल समूहको बैठकलाई अनधिकृत भनेको छ। बुधबार साँझ केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले एक विज्ञप्ति निकाल्दै बिहीबार बस्न लागेको नेपाल पक्षको केन्द्रीय कमिटी बैठक अनधिकृत भएको बताएका छन्।