माधव नेपालले आज नयाँ पार्टी घोषणा गर्ने बास्कोटाको दाबी - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

माधव नेपालले आज नयाँ पार्टी घोषणा गर्ने बास्कोटाको दाबी



काठमाडौं- नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले वरिष्ठ नेता माधव नेपालले नयाँ पार्टी घोषणा गर्न लागेको दाबी गरेका छन्।

मंगलबार साँझ सामाजिक सञ्जालमा लेख्दै बाँस्कोटाले नेपालले आजका लागि बोलाएको केन्द्रीय कमिटी बैठकमा ‘एमालेलाई रातो बत्ती देखाएर कलम पार्टी घोषणा गरी माओवादी पार्टीमा जाने ढोका खोल्ने’ बताएका दाबी गरेका हुन्।

वरिष्ठ नेता नेपालले आज काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बेन्क्वेटमा आफूपक्षीय केन्द्रीय कमिटीको बैठक डाकेका छन्।

नेता नेपालले यसअघि राष्ट्रिय सभामा खिमलाल देवकोटालाई कलम चिन्ह लिएर गठबन्धनको तर्फबाट चुनावमा उठाएका थिए। यस्तै नेपाल निकट केही कार्यकर्ताले चुनाव चिन्ह कलम राखी नेकपा (एकीकृत) नामक दल दर्ता गरेका थिए।

बाँस्कोटाले सोही सन्दर्भ जोड्दै माधव नेपालले ‘कलम पार्टी’ बनाउन लागेको दाबी गरेका हुन्।