निर्वाचन आयोगले खारेज गरिदियो ४१ वटा दलको दर्ता (नाम सहित) - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

निर्वाचन आयोगले खारेज गरिदियो ४१ वटा दलको दर्ता (नाम सहित)



काठमाडौं । निर्वाचन आयोगले प्रक्रिया पूरा नगरेका ४१ वटा दलको दर्ता खारेज गरेको छ । आयोगको मंगलबार बसेको बैठकले २० गतेदेखि लागू हुने गरी ४१ वटा दलको दर्ता खारेज गर्ने निर्णय गरेको हो।

यसअघि आयोगमा १३६ वटा दल दर्ता रहेका थिए । यससँगै ९५ वटा दलको मात्र दर्ता कायम रहनेछ। आयोगले खारेज गरिदिएका प्रत्येक राजनीतिक दललाई ५० हजार जरिवाना तोकेको छ।

आयोगको निर्णय अनुसार अखण्ड नेपाल, शिवसेना पार्टी, नेपाली काँग्रेस राष्ट्रवादी, चुरे भावर, लगायतका दलहरूको दर्ता खारेज भएको हो । त्यसैगरी संघीय लिम्बुवान र किराँत खुम्बु वान पार्टीको पनि दर्ता खारेज भएको छ ।

साथै जरिवाना नतिरेसम्म खारेज भएका दलका केन्द्रीय पदाधिकारीले अरु सदस्यहरु आयोगमा दर्ता कायम रहेका अन्य र राजनीतिक दलको पदाधिकारी बन्न नपाउने निर्णय गरेको छ।

दर्ता खारेज भएका दलहरूको नाम, झण्डा र चुनाव चिन्ह एक वर्षसम्म अरुले प्रयोग गर्न नपाउने बताइएको छ।