कुलमानलाई प्राधिकरणमा छिर्न नदिन बाधक बने शाक्य - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

कुलमानलाई प्राधिकरणमा छिर्न नदिन बाधक बने शाक्य



काठमाडौं- नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङलाई कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने सरकारले तयारी गर्दा हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य बाधक बनेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले घिसिङलाई नियुक्त गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई निर्देशन दिएपनि शाक्यले भने राजीनामा दिन अस्वीकार गरेका छन् ।

प्रधानमन्त्री देउवाले प्राधिकरणमा कुलमान घिसिङलाई ल्याउन निर्देशन दिएपछि ऊर्जामन्त्री भुसालले शाक्यको राजीनामा माग गरेकी थिइन् ।

‘कार्यसम्पादन राम्रो नभएको कारण प्रधानमन्त्रीकै अगाडि राखेर ऊर्जामन्त्रीले राजीनामा माग गर्नुभएको थियो’ स्रोतले भन्यो, ‘तर उहाँ मलाई चार वर्षका लागि नियुक्त गरिएको हो, राजीनामा दिन्नँ भनेर बाहिरिनुभयो ।’

२६ कात्तिक २०७७ देखि कायम मुकायम (कामु) कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका शाक्यलाई मन्त्रिपरिषद्ले २६ माघ २०७७ मा कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।