बैठकअघि सहमति गर्ने प्रयास: कार्यदलका नेताहरू छलफलमा - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

बैठकअघि सहमति गर्ने प्रयास: कार्यदलका नेताहरू छलफलमा



काठमाडौं- नेकपा एमालेको विघटित कार्यदलको नेताहरू छलफलमा जुटेका छन्। अध्यक्ष केपी शर्मा ओलीले आज बोलाइएको स्थायी कमिटीको बैठकलाई निर्णायक भनेपछि कार्यदलका नेताहरू छलफलमा जुटेका हुन्।

पार्टीको विवाद समाधानको लागि सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा विष्णु पौडेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, रघुजी पन्तलगायतका नेताहरू छलफलमा जुटेका हुन्।

कार्यदलले पार्टीको विवाद समाधानको लागि १० बुँदे सहमति बनाएको थियो। तर, वरिष्ठ नेता माधवकुमार नेपालले उक्त सहमतिमा असन्तुष्टि जनाएपछि एमाले एकता अन्योलमा परेको छ।

तर, ओलीले नेता नेपाल समूहको मागअनुसार पार्टीलाई २०७५ जेठ २ मा फर्काइसकेका छन्। ओली र नेपालबीच सबै पावर सेयरिङको कुरा नमिलेपछि एकता हुन सकेको छैन।