'रवीन्द्र मिश्रको कारण पारस शाहले सुरू गरे रमिता' - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

‘रवीन्द्र मिश्रको कारण पारस शाहले सुरू गरे रमिता’



काठमाडौं- लेखक तथा नागरिक आन्दोलनका अगुवा खगेन्द्र संग्रौलाले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको कारणले पूर्वयुवराज पारस शाह सडकमा प्रकट भएको बताएका छन् ।

उनले मिश्रको गणतन्त्रविरोधी अवधारणा सार्वजनिक गर्नु र पूर्वयुवराज शाहले शुक्रबार राति काठमाडौंको सडकमा हेल्मेट नलगाई मोटरसाइकल चलाउँदै ट्राफिक प्रहरीलाई हप्कीदप्की गर्नु संयोग मात्र नभएको बताएका छन् ।

मिश्रले राजतन्त्रका पक्षमा धारणा सार्वजनिक गर्नासाथ पूर्वयुवराज पारसमा घमण्ड बढेको लेखक संग्रौलाको दाबी छ।

‘परम् राजभक्त श्री रवीन्द्र मिश्रले ‘राजतन्त्रको स्वीकार्यता उच्च’ भनेको सुनेर पारस सर्खार फुर्किइबक्सेछ। अब भने पक्का राजा हुने भएँ भनेर होला, मौसुफ हेलमेट नलाई भटभटेमा सवारी होइबक्सियो,’ शनिबार बिहान सामाजिक सञ्जालमार्फत संग्रौलाले भनेका छन्, ‘ट्राफिक प्रहरीसँगको वार्तामा सुसंस्कृत मौसुफको राजसी मर्यादा र शिष्टता,आम्मामामा!’