कांग्रेसलाई ८, माओवादी र जसपालाई ७ मन्त्रालय
काठमाडौं । सत्तारुढ गठबन्धनले सरकारमा सहभागी मन्त्रालयको भागबण्डा टुङ्गो लगाएको छ ।गठबन्धनमा सहभागी दलको शीर्ष तहको छलफलपछि सरकारमा सहभागी दलहरुको मन्त्रालय संख्या भागबण्डा मिलाएको हो ।
गठबन्धनले एमाले वरिष्ठ नेता माधवकुमार नेपालको सहभागिता विनै मन्त्रिपरिषदलाई पूर्णता दिने गरी भागबण्डा मिलाएको हो । आज बसेको सत्तारुढ गठबन्धनका नेताहरुको छलफलमा माधव नेपाल पक्ष विनै मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको हो ।
माधव नेपाल पक्षलाई सरकारी तथा संवैधानिक नियुक्तिमा अधिकतम अवसर दिने गरी कांग्रेस र माओवादी र जनता समाजवादी पार्टीले मन्त्रालयको भागबण्डा मिलाएका छन् । विहीबार बिहान बसेको शीर्ष नेताहरुको बैठकले कांग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ७ र जसपाले ७ मन्त्रालय पाउनुपर्ने प्रारम्भिक खाका तयार पारिएको जसपाका एकले जानकारी दिएका छन् ।
उनका अनुसार बाँकी तीन राज्यमन्त्री बनाइने छ । कुन मन्त्रालय कसले पाउने भन्ने विषयमा पनि सामान्य छलफल भएको तर टुङ्गोमा पुगिनसकेको जनाइएको छ । यता नेकपा एमालेको माधवकुमार नेपाल समूहले भने तत्काल सरकारमा नजाने भएको छ । नेपाल समूहले सरकारमा नजाने बताएसँगै सत्तारुढ तीन दलले पावर शेयरिङमा सहमति जटाएका हुन् ।