अमेरिकामा ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प
काठमाडौं- बिहीबार अमेरिकामा शक्तिशाली भूकम्प गएको छ ।
रोयटर्सका अनुसार अमेरिकाको अलास्का राज्यको पेरिभिल्लामा ८.२ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ ।
स्थानीय समयानुसार दिउँसो २.१५ बजे सो भूकम्प गएको बताइएको छ । सामुद्रिक क्षेत्रमा भएकाले कुनै मानवीय र भौतिक क्षतिको विवरण भने प्राप्त नभएको अधिकारीहरूले जानकारी दिएका छन् ।
भूकम्पको केन्द्रविन्दु आसपासकै क्षेत्रमा १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।