रवीन्द्र मिश्रले भने: म गणतन्त्रवादी होइन - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

रवीन्द्र मिश्रले भने: म गणतन्त्रवादी होइन



काठमाडौं- विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले उनले आफू गणतन्त्रवादी नरहेको बताएका छन् । उनले आफू राजतन्त्रवादी र गणतन्त्रवादी नभएर प्रगतिवादी भएको बताएका छ ।

संघीयता खारेज गरी धर्मनिरपेक्षताबारे जनमत संग्रह गरिनुपर्ने धारणा सार्वजनिक गरेपछि विवादमा तानिएका विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रले आफू राजतन्त्रवादी पनि नभएको नभएको जिकिर गरेका छन्।

उनले ‘यक्ष प्रश्न’ टेलिभिजन कार्यक्रममा आफू राजतन्त्रवादी पनि नभएको र गणतन्त्रवादी पनि नभएको तर्क गरेका हुन्।

‘म राजतन्त्रवादी पनि होइन, गणतन्त्रवादी पनि होइन,’ उनले भनेका छन्, ‘म यो देशको समृद्धिवादी हुँ, म यो देशको प्रगतिवादी हुँ।’