रेशम चौधरी पनि उपेन्द्र यादवकै पक्षमा, छोडे ठाकुरको साथ - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

रेशम चौधरी पनि उपेन्द्र यादवकै पक्षमा, छोडे ठाकुरको साथ



काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवाद टुंगो लगाउन निर्वाचन आयोगले गरेको हेडकाउन्टमा तटस्थ बसेका नेता रेशम चौधरीले अन्तत: कित्ता क्लियर गरेका छन्।

उनी निर्वाचन आयोगले आधिकारिकता दिएको अध्यक्ष उपेन्द्र यादवतिरै खुलेका हन्। जसपा कार्यकारिणी समिति सदस्य डम्बर खतिवडाका अनुसार चौधरीले फोनवार्ता मार्फत् जसपा मै रहेको बताएका छन्।

खतिवडाले फेसबुकमा लेखेका छन्, ‘माननीय रेशम चौधरीले फोनवार्ता मार्फत् व्यक्त गर्नुभएको इच्छा र तुल्सीलाल स्मृति भवनमा जारी जसपा बैठकको अनुमोदन मुताबिक चौधरी जसपा आधिकारिक पार्टीमा र पार्टी केन्द्रीय कार्यकारिणी समिति सदस्य कायमै रहनु भएको प्रष्ट गर्न चाहन्छु।’ यसअघि चौधरी अर्का अध्यक्ष महन्थ ठाकुर पक्षमा थिए।