पुनर्वहाली भएको एक साता नपुग्दै पदमुक्त भए प्रविण श्रेष्ठ, अन्तरिम आदेश खारेज
काठमाडौं । सर्वोच्च अदालतको आफ्नै अन्तरकालीन आदेश खारेज गर्दै सशस्त्र प्रहरीको डिआइजी प्रविण श्रेष्ठ पुनःपदमुक्त गर्न आदेश दिएको छ । पुनर्वहाली भएको एक साता नपुग्दै उनी पदमुक्त भएका छन् ।
सर्वोच्चकै अन्तरकालीन आदेशले डिआइजीमा पुनर्वहाली भएका श्रेष्ठ फेरि पदमुक्त भएका हुन् । प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश कुमार चुँडालको संयुक्त इजलासले बुधवार सो श्रेष्ठको मुद्दामाथि थप सुनुवाई गर्दै यसअघि पुनर्वहालीका लागि दिइएको अन्तरिम आदेश खारेज गरेको हो ।
डीआइजीमा एक वर्ष म्याद थप नभएको एक महिनापछि श्रेष्ठ अदालत गएका थिए । उनको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले अन्तरिम आदेशबाट पुनर्वहाली गरेको थियो ।