आन्तरिक छलफलमा जुटे नेपाल समूहका २२ सांसद - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

आन्तरिक छलफलमा जुटे नेपाल समूहका २२ सांसद



काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु छलफलमा जुटेका छन् । काठमाडौँको बुद्धनगरस्थित सहाना प्रधान स्मृति प्रतिष्ठानमा जारी छलफलमा नेपाल समूहका २२ सांसद सहभागी रहेको बताइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका सांसदहरु छलफलमा जुटेका हुन् । बैठकमा सरकारमा सहभागी हुने या नहुने र पार्टी एकताका लागि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल जारी रहेको एक नेताले जानकारी दिए ।

वरिष्ठ नेता माधवकुमार नेपाल समूहको सांसदहरू आन्तरिक छलफलमा जुटेका हुन्। सरकारलाई तत्कालै पूर्णता दिने गठबन्धनमा सहमति बनेपछि अब कसरी अगाडि बढ्ने भन्ने रणनीति बनाउनको लागि छलफलमा गरेका हुन्।

आज भएको गठबन्धनको बैठकमा नेता नेपाल सहभागी नभए पनि विजय पौडेललाई प्रतिनिधि पठाएका थिए। उनले तत्कालै आफूहरू सरकारमा सहभागी नहुने बताएका थिए।

तर, प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा ल्याउने प्रयास गरिरहेका छन्।