गुल्मीमा जीप खस्यो: घटनास्थलमै ४ जनाको ज्यान गयो
काठमाडौं- गुल्मीमा जिप दुर्घटना भएको छ ।तम्घास जाने क्रममा भएको दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
चन्द्रकोट गाउँपालिकाबाट सदरमुकाम तम्घास जाँदै गरेको जीप मुसिकोट नगरपालिका वडा नम्बर ४ मा दुर्घटना बहेको जनाइएको छ । जिपमा १० जना सवार थिए । मृतक कसैको सनाखत भएको छैन ।
जीप सडकबाट ५ सय मिटर तल खसेको र के कति कारणले दुर्घटना भयो भन्नेबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार लु १ ज ४५५९ नम्बरको जिप दुर्घटना भएको बताईएको छ।