महन्थ ठाकुर र राजेन्द्र महतोसहित १७ जनालाई कार्यकारिणी सदस्यबाट जसपाले हटायो - Himal Post Himal Post
  • १३ फाल्गुन २०८१, मंगलवार
  •      Tue Feb 25 2025
Logo

महन्थ ठाकुर र राजेन्द्र महतोसहित १७ जनालाई कार्यकारिणी सदस्यबाट जसपाले हटायो



काठमाडौं- जनता समाजवादी पार्टीले महन्थ ठाकुरसहित १७ जनालाई पार्टीको कार्यकारिणी सदस्यबाट हटाएको छ । अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगमा भएको पार्टी आधिकारिकतासम्बन्धी सनाखतमा आफ्नो पक्षमा हस्ताक्षर नगर्ने सबैलाई कार्यकारिणी सदस्यबाट हटाएका हुन् ।

कारबाहीमा पर्नेमा महन्थ ठाकुर र राजेन्द्र महतो पक्षमा लाग्ने १६ जना र तटस्थ बसेका थुनामा रहेका सांसद रेशम चौधरी छन् ।

जसपाको बैठकले लुम्बिनी प्रदेशसभाका तीनजना सांसदलाई निलम्बन गरेको छ । पटक–पटक पार्टीको अनुशासन उल्लंघन गरेको आरोपमा सन्तोष पाण्डे, विजय यादव र कल्पना पाण्डे लम्साल निलम्बित भएका हुन् ।