घरमै भेटिए विजय शाही: मृत्यूको हल्ला झुठो
काठमाडौं । मेमोरी किङ्ग भनेर चर्चामा आएका विजय शाही घरमै भेटिएका छन् । उनको मृत्यूको खबर झुटो भएको कालीकोट प्रहरीले जनाएको छ ।
प्रहरीले शाहीलाई कालिकोटस्थित उनकै घरमा फेला पारेको छ । उनलाई सामान्य विरामी भएर अस्पताल लागिएको परिवारले बताएको छ । शाही आफ्नो महावै गाउँपालिका वडा नं. ५ स्थित घरमा आइसकेको प्रहरीले बताएको छ ।
सामाजिक संजालमा उनको मृत्यु भएको भन्दै फोटो सहित पोस्ट गर्ने विजय शाहीका शिक्षक दिपकबहादुर शाहीले उक्त पोस्ट हटाएका छन् । उनले अस्पताल लैजाँदा लैजाँदै विजयको निधन भएको उल्लेख गरेका थिए ।